चितवनमा एकै दिन दुई वटा विओपी थपिए

डिसी नेपाल
१२ असोज २०७७ ११:३६

काठमाडौं। भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि चितवनमा थप दुई बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। थप गरिएको बिओपी माडी नगरपालिका–९ को कान्छी बगई र वडा नं १ को भङ्गटामा स्थापना गरिएको छ।

सशस्त्र बल नम्बर तीन गढिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले सोमबार बिओपीको उद्घाटन गर्दै आगामी दिनमा सीमा सुरक्षा थप मजबुत बन्ने बताए।

‘एउटा बिओपीले लामो दूरीको सुरक्षा दिनुपर्ने बाध्यता हटेको छ, सीमा रक्षामा थप कटिबद्ध हुन प्रेरित गरेको छ’, डिआइजी श्रेष्ठले भने। यसअघि चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बिओपी पोष्ट थिए। थपिएका दुई सँगै पाँच पोष्ट पुगेको छ।

चितवनको माडी  नगरपालिका वार्ड नम्बर १ गर्दीस्थित केदारेश्वर प्रावि र सोही नगरपालिका वार्ड नम्बर ९ स्थित राइडाँडा प्रथमिक बिद्यालयमा ती बिओपी स्थापना गरिएका हुन्।

मर्ज भए पछि खाली रहेका बिद्यालयमा ती बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दिपक कुमार थापाले जानकारी दिए। दुवै विओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको हो।

विओपि स्थापनासँगै चितवनको सिमावर्ती क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानीयले बताएका छ्न्। सशस्त्र प्रहरी बल १७ नं गणका एसपी थापाले नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएको बताए। सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बिओपी थपेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *