रूसमा कोरोनाका कारण थप आठ हजार सङ्क्रमित

डिसी नेपाल
१२ असोज २०७७ २१:०६

मस्को (रासस/एएनआई)। रूसमा कोरोनाभाइरसका कारण थप आठ हजार १३५ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका ती सङ्क्रमितसँगै रुसमा कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ५९ हजार ५७९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

सरकारी अधिकारीहरुले सोमबार भनेका छन्, रुसको ८४ क्षेत्रबाट प्राप्त विवरण अनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

उनीहरुमध्ये दुई हजार दुई सय जना अर्थात् २७ प्रतिशत सङ्क्रमितहरुमा मात्रै सङ्क्रमणको लक्षण देखिएको छ ।

राजधानी मस्कोमा मात्रै दुई हजार २१७ जना नयाँ सङ्क्रमित भएका छन् ।

यसैबीच रूसमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढीका कारण देशको ताराकान सहरमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये तीन जना एउटै परिवारको भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *