इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित

डिसी नेपाल
१२ असोज २०७७ २१:१०

तेहरान (रासस/एएनआई)। इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ ।
सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रका रुपमा घोषणा गरिएको जानकारी दिएका छन् ।

मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ।

इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ । गत फेबु्रअरीमा पहिलो चरणको महामारी फैलिँदा दैनिक ३५ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । त्यतिबेला दुई महिनामा दुई सयको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा साडाट लारीले अहिले पनि दैनिक तीन हजार ३६२ भन्दा बढी सङ्क्रमित भएको जानकारी दिए। इरानमा अहिलेसम्म चार लाख ४६ हजार ४४८ जना सङ्क्रमित भएका छन् । अहिले अस्पतालमा एक हजार ३७७ जना रहेको पनि उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *