प्रदेशमा प्राविधिक कर्मचारी भर्ना गर्न स्वीकृति

डिसी नेपाल
१२ असोज २०७७ २१:५३

जनकपुर। प्रदेश नं २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशमा प्राविधिक कर्मचारी नियुक्तिका लागि स्वीकृति दिएको हो । बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना लिनका लागि स्वीकृति प्रदान गरेको हो ।

प्रदेश निजामती सेवा ऐन पारित नभएसम्म तत्काल सङ्घीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको मुख्यमन्त्रीको सञ्चार सचिवालय प्रदेश नं २ ले जनाएको छ ।

त्यसैगरी, सो बैठकले लोकसेवा आयोगको ओएनएम पारित गर्नुका साथै प्रदेश लोकसेवाको सचिवमा कामकाज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको छ । कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले ती दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया शुरु गरेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *