पहिलो पटक साउदीमा बनेको ब्लु अमोनिया जापान पठाइयो, कार्बन उत्सर्जनबिना विद्युत बन्ने

डिसी नेपाल
१३ असोज २०७७ १०:४१

काठमाडौं। ब्लु अमोनियाको विश्वकै पहिलो शिपमेन्ट साउदी अरेबियाबाट जापान जाने क्रममा छ । जापान जान बाटोमा रहेको यो ब्यु अमोनिया जापान पुगेपछि त्यहाँका पावर स्टेशनमा कार्बन उत्सर्जनबिना विद्युत उत्पादनको लागि प्रयोग गरिनेछ । यो ब्यु अमोनिया साउदी अरामको कम्पनीले उत्पादन गरेको हो । उसले आइतबार गरेको घोषणाअनुसार उसले हाइड्रोकार्बनलाई पहिले हाइड्रोजन त्यसपछि अमोनियामा परिणत गरेर यसको उत्पादन गरेको हो । ब्लुमबर्गको रिपोर्टअनुसार पहिलो शिपमेन्टमा जापानले ४० टन ब्लु अमोनिया पाउने अरामकोले जनाएको छ ।

अमोनियालाई थर्मल पावर स्टेशनमा कार्बन उत्सर्जनबिना बाल्न सकिन्छ । जसको अर्थ यसले भविष्यमा न्यून कार्बन ऊर्जा उत्पादनको लागि प्रभावकारी योगदान दिन सक्ने अरामकोले जनाएको छ । जापानले अमोनियामा हुने हाइड्रोजन प्रयोग गर्ने काममा नेतृत्व गर्ने लक्ष्य लिएको छ । जापानले रेरिस पर्यावरण सम्झौता अन्तर्गत २०३० सम्म २०१३ मा उत्सर्जन भएको ग्रिनहाउस ग्यासको परिमाण २६ प्रतिशत कम गर्ने लक्ष्य राखेको छ ।

ब्लु अमोनिया ब्लु हाइड्रोजनको फिडस्टक हो । यो जीवाश्म इन्धनबाट बन्छ जसलाई बनाउँदा यस्तो प्रक्रिया अपनाइन्छ जसले कार्बनडाइअक्साइड उत्सर्जनलाई सोस्छ । नवीकरणीय ऊर्जाबाट बन्ने र कुनै उत्सर्जन नगर्ने हाइडेजनलाई ग्रिन हाइड्रोजन भनिन्छ । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले प्रदूषित ऊर्जा उत्पादन गरेको भन्दै बिग्रिएको आफ्नो छवि सुधार गर्ने प्रयास गरिरहेको छ । साउदीको सरकारी कम्पनीले पछिल्लो पटक साउदीमा बच्चा तेल निकाल्दा कम ग्रिनहाउस ग्यास उत्सर्जनलाई प्राथमिकता दिइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *