अग्रिम टिकट अन्योलमा

डिसी नेपाल
१५ असोज २०७७ ६:५७

काठमाडौँ। यातायात व्यवस्था विभागले दशैँका लागि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको टिकट अग्रिम खुलाउने प्रयास गरेको छ तर यायातात व्यवसायी भने त्यसमा अनिच्छुक छन् ।

हाल राजधानीबाट बाहिरिने कम रहेको र दशैँका बेला पनि सवारीको चाप नहुने भएकाले अगाडि नै टिकट खोल्नु आवश्यक नरहेको उनीहरूको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार हाल आधा सिटमा यात्रु राखेर यातायात सञ्चालन गर्दा पनि ४० प्रतिशत मात्र गाडी चलेका छन् । यस्तै अवस्था दशैँमा पनि हुने उनीहरूको अनुमान छ ।

पूर्ण क्षमताको आधा सिटमा यात्रु राख्नुपर्ने नियमले गर्दा व्यवसायमा आम्दानी नभएकाले पनि सीमित गाडी सञ्चालन भएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए।

उनले भने, “अहिले सार्वजनिक सवारीमा कुनै चहलपहल छैन र स्कुल, कलेज र सानोतिनो पसल चलाएर बसेका मान्छे पहिल्यै गइसके। विदेश जाने आउनेको पनि चलपहल छैन त्यसैले ४० प्रतिशत गाडीले सेवा दिँदा पनि पुगेकै छ। यो खबर आजको गोरखापत्र दैनिकले उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *