भारतमा नेपालीले अर्काकी श्रीमती १० हजारमा किने, श्रीमानकै अगाडि बलात्कार गरेर फरार

डिसी नेपाल
१५ असोज २०७७ ११:५८

काठमाडौं। भारतमा एक नेपालीले अर्काकी श्रीमती १० हजारमा किनेर श्रीमानकै अगाडि उनलाई बलात्कार गरेर फरार भएका छन् । टाइम्स अफ इण्डियाका अनुसार उत्तराखण्डको रुद्रप्रयागकी ती महिलालाई उनका श्रीमानले १० हजारमा बेचेका थिए । त्यसपछि खरिदकर्ताले ती महिलालाई श्रीमानकै अगाडि बलात्कार गरेका थिए ।

महिलाको उजुरीपछि पुलिसले उनका श्रीमानलाई पक्राउ गरेको छ । उनी दैनिक ज्यालादारी मजदूर भएको बताइएको छ । रुद्रप्रयागका एसपी नवनीत भुल्लरका अनुसार प्रारम्भिक अनुसन्धानमा ती महिलालाई नेपालबाट गएका एक व्यक्तिलाई बेचिएको थियो । ‘हामीले महिलाका श्रीमानलाई पक्राउ गरेका छौं तर उनलाई किन्ने व्यक्ति अझै पनि फरार छन्’ उनले भने । फरार नेपालीविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *