नयाँ शक्तिद्वारा केन्द्रीय सदस्य तथा जिल्ला संयोजक मनोनयन
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले केन्द्रिय समिति तथा जिल्ला संयोजकहरु मनोनयन गरेको छ ।
केन्द्रिय समिति सदस्यमा धनुषा बाट सुरेश प्रसाद शाह , जाजरकोट बाट सम्राट डिसि र सुर्खेत बाट कर्ण बहादुर बुढालाई मनोनीत गरिएको छ ।
त्यस्तै जिल्ला संयोजकहरुमा बराल केसी ( संखुवासभा ), बिष्णु ढुंगानां (बागलुङं), मिना बिसी ( सुर्खेत) र कोशलेन्द्र कुमार झा ( धनुषा )मनोनीत गरेको छ ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान र नितिलाई अंगिकार गर्दै राजनैतिक तथा संगठनात्मक कार्यमा प्रतिबद्ध भएर लाग्न केन्द्रिय संयोजक रवि किरण हमालले आग्रह गरेका छन् ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment