जनप्रतिनिधिहरुको आ-आफ्नै तर्क

धनकुमार कार्की
१६ असोज २०७७ २०:५३

काठमाडौं। प्रदेश नम्बर ५ को स्थायी राजधानी दांगको देउखुरी उपत्यकाको भालुवांगमा बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएसँगै जनप्रतिनिधिहरुले आ आफ्नै भूगोलअनुसार व्याख्या र विश्लेषण गरेका छन्। साविक राप्ती तथा भेरीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले प्रस्तावको समर्थन गरेका छन् भने साविक लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले विरोध जनाएका छन्।

जनप्रतिनिधिहरुले पार्टीको लाइनभन्दा पनि भूगोलको लाइनमा आफ्ना धारणाहरु राखेका छन्।

यही विषयमा डिसी नेपालले विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपा र काँग्रेसका नेताहरुसँग कुरा गरेको छ।

स्वागत योग्य निर्णय

महेश्वर गहतराज बाँके, प्रतिनिधिसभा सदस्य (नेकपा)

सरकारको यो निणर्यलाई स्वागत गर्न चाहान्छु। यो निर्णय समग्र प्रदेशका जनताको हितमा छ। सबै जनताको दूरीको सहजतालाई मध्यनजर गरेर गरिएको निणर्य हो। यसमा कसैले विरोध गर्नुपर्ने आवश्यकता छैन। पश्चिमको बर्दिया र पूर्वको नवलपरासी पश्चिमका सबैले यसलाई ताली बजाएर स्वागत गर्नुपर्छ।

५ प्रदेश ३ मनोविज्ञान भएको प्रदेश हो। त्यसको संयोजन हुन जरुरी छ। सरकारको यो निणर्यले यसको संयोजन गरेको छ। नयाँ प्रशासनिक विकासको आधारमा नयाँ क्षेत्र भालुवाङलाई राजधानी बनाएकोमा म धन्यावाद दिन चाहान्छु।

लुम्बिनी आफैमा एक शान्तिपूर्ण क्षेत्र हो। यसलाई अन्तर्राष्ट्रिय स्तरको विकास आवश्यकता छ। लुम्बिनीलाई विश्वकै एक शान्त शहरको रुपमा चिनाउनु पर्दछ।
राजधानी जस्तो शहर कहिल्यै पनि शान्त हुन सक्दैन्। त्यसैले पनि गौतम बुद्ध जस्तो शान्तिका अग्रदुत जन्मेको शान्त ठाउँमा राजधानी बनाउनु राम्रो होइन। राजधानीमा अपराध, होहल्लाह बढी हुुन्छ। भालुवाङमा राजधानी बनेर लुम्बिनीलाई विशिष्ट खालको शहर निर्माण गर्न थप टेवा पुग्छ। बेफाइदा केही छैन।

बुटवलको विकल्प छैन
मानबहादु्र विश्वकर्मा , नेपाली कांग्रेस अर्घाखाँची

कुनै पनि आधारमा भालुवाङ राजधानीको लागि उपयुक्त छैन। यो सरकारले के देखेर जंगल र खोलाको बीचमा राजधानी बनाउने निणर्य ग¥यो, यो अच्चम लाग्दो कुरा छ। कुनैपनि एंग्गलले भालुवाङ उपयुक्त ठाउँ होइन। यो निणर्यप्रति हाम्रो बिरोध छ।

शेरबहादुर देउवाको पालामा हामीसँगै छलफलमा बसेका थियौँ। त्यहाँ सबैको मतअनुसार राजधानी बुटवलमै बनाउनुपर्छ भन्ने सहमति भएको थियो। अहिले निर्णय बदल्लनु सरकारको कस्तो नियत हो बुझ्न सकिएको छैन। हुन त यो सरकारले अहिलेसम्म कुन चाँहि निणर्य गरेको छ र ?

लगानी, भौतीक पूर्वाधार र भौगोलिक बनावटको आधारमा राजधानी बुटवल बनाउनुको बिकल्प छैन।

म अहिले नै केही भन्ने अवस्थामा छैन
छबिलाल बिक, नेकपा रुपन्देही

म अहिले रुपन्देहीको दक्षिणी गाउँमा छु। मैले पनि सामाजिक सञ्जालबाट भालुवाङ राजधानी बनाउने भन्ने कुरा सुनेको छु। मैले विस्तृतमा अझैसम्म केही बुझेको छैन। अहिले बुटवलतर्फ जाँदैछु। पार्टीको तल्लो लेवलमा छलफल भएर भएको निर्णय भएकोले म अहिले नै केही भन्ने अवस्थामा छैन्। मैले मुख्यमन्त्रीसँग कुरा गरेको थिएँ। भोली बिहान दलको बैठक बस्ने कुरा भएको छ। त्यसपछि मात्रै यसबारेमा भनौँला।

सबैलाई पायक पर्ने स्थान प्रस्ताव गरिएको छ

पार्वती डिसी चौधरी
प्रतिनिभिसभा सदस्य दांग (नेपाली काँग्रेस)

भौगोलिक हिसाबले पनि उचित रहेको छ। कैलालीदेखिको मान्छेलाई केन्द्र मानेर त्यो निर्णय गरेको होला । यसमा म दाङको सांसद भएर मात्र होईन सबैलाई मिलाएर हेर्दा यो प्रस्ताब उचित हो यसमा हामी खुसी छौँ। लोकतन्त्रमा बिरोध हुनु सामान्य कुरो हो । देउखुरीमा राजधनी भयो भने सबैलाई उचित हुन्छ होला। मलाइ लाग्छ यो प्रस्ताब कार्यान्वयन हुन्छ।

निर्णय कार्यान्वयन हुनुपर्छ
सरवत अरा खानम
बाँके प्रतिनिधि सभा सदस्य नेपाली काँग्रेस

सरकारको यो निर्णयको स्वगत गर्दछु। साथै यो प्रस्ताबलाई कार्यान्वयन पनि हुनुपर्यो।

नजिक राजधानी पाएपछि त राम्रै लाग्छ सबैलाई देउखुरी राजधानी भएर हामीलाई मात्र फाइदा हुने होइन । नेपालकै पिछडिएको प्रदेश कर्णाली प्रदेशलाई समेत फाइदा हुन्छ। सुदूरपश्चिमको नाकासँग पनि जोडिन्छ। यातायातको सबै पक्षलाई राम्रो हुन्छ।

म खुशी नै छु
देवेन्द्रराज कँडेल, प्रतिनिधिसभा सदस्य नवलपरासी (काँग्रेस)

मैले पहिले देखी नै शहरमा राजधानी बनाउने कुराको खण्डन गरेको थिएँ। खेती नहुने स्मार्ट सिटी निर्माण हुने ठाउँमा बनाउनुपर्ने हो त्यो हुन सकेन । अहिले देउखुरी भनेको छ त्यसमा नजिक पर्नेहरु खुसी हुनु र टाढा पर्नेहरुले पर्दशन गर्नु जायज नै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *