अमेरिका–नेपाल मेडिकल फाउण्डेशनद्वारा डा. केसीको जीवनरक्षाको अपिल, मागप्रति ऐक्यबद्धता

डिसी नेपाल
१७ असोज २०७७ १२:२८

काठमाडौं। अमेरिका नेपाल मेडिकल फाउण्डेसनले डा. गोविन्द केसीको जीवनरक्षाको लागि अपिल गरेको छ । फाउण्डेशनले डा. केसीले सुरु गरेको १९ औं अनसनको बारेमा आफूहरुले गम्भीरतापूर्वक सोचविचार गरेको बताउँदै उनका प्रमुख मागहरुप्रति ऐक्यबद्धता समेत जनाएको छ ।

एक प्रेस वक्तव्य जारी गर्दै फाउण्डेशनले भनेको छ ‘केही मागहरुमा हाम्रो फरक धारणा भए पनि अमेरिका नेपाल मेडिकल फाउण्डेशनले विश्वास गरेको छ कि डा. केसीले राखेका प्रमुख मागहरु स्वास्थ्य सेवाको विकेन्द्रीकरण, ग्रामीण मैत्री मेडिकल शिक्षा, न्यायसंगत स्वास्थ्य सेवाको वितरण लगायतका मागहरु नेपालमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको विकासका लागि हामीले राखेका लक्ष्यहरुसँग समान छन् ।’

फाउण्डेसनले नेपालमा अहिलेको यो परिस्थितिसँग सम्बद्ध सबै पक्षले छिटै यो समस्याको समाधान खोज्ने र डा. केसीको जीवन रक्षा गरिने अपेक्षा गरेको जनाएको छ । डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फाउण्डेसनले नेपालमा उत्कृष्ट, न्यायसंगत र सबैको पहुँच पुग्ने स्वासथ्य सेवा र स्वास्थ्य शिक्षाको सपना छिटै साकार हुने अपेक्षा पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *