प्रधानमन्त्रीका प्रेस सल्लाहकार र मूख्य सल्लाहकारलाई कोरोना पुष्टि

डिसी नेपाल
१७ असोज २०७७ १६:५२
4
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

यस्तै प्रधानमन्त्रीका मुख्य सल्लाहाकारमा विष्णु रिमालललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमा शुक्रबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *