इसान बाल अस्पतालले बच्चाको स्वस्थ्यमा लापरबाही गरेको भन्दै छानवीन गर्न स्वस्थ्य मन्त्रालयमा निवेदन
काठमाडौं। इसान बाल अस्पतालले शिशुको स्वस्थ्यमा लापरबाही गरेको भन्दै काठमाडौ पानीपोखरी बस्ने सबिना महत शाहले छानवीनका लागि स्वस्थ्य मन्त्रालयमा निवेदन दिएकी छन्।
सबिनाको डेढ महिनाकोको छोरालाई ४५ दिनमा लगाउनु पर्ने खोप लगाउन इसान नर्सिङ होम लगिएको थियो। खोप लगाइसकेपछि इसानमा बच्चाको अवस्था एकदमै गम्भीर रहेको भन्दै भेन्टिलेटरमा राखिएर उपचार गरिएकाे थियो। त्यहाँ उपचार गर्दा निकाे नभएपछि बच्चालाई अहिले कान्तिमा राखिएको छ।
बच्चालाई इसान अस्पतालले लापरवाही नगरेको सान बाल अस्पतालका निर्देशक डा. आरपी चौधरीले डिसी नेपाललाई बताए। ‘इसान अस्पतालमै जन्मेको हुनाले उहाँहरुले यहीँ ल्याउनुभएको थियो,’ उनले भने, ‘एक हप्ता अगाडि लिएर जानुभएको हो टाउकोमा समस्या थियो खोप त सबैलाई प्रयोग गर्ने नै प्रयोग गरेको हो।’
बच्चालाई कान्तीमा लगिएको मात्र सुनेको र बच्चाको अवस्था के छ भन्ने कुरा थाहा नभएको पनि उनले बताए। ‘अरु त मलाइ केही जानकारी छैन,’ उनले भने,‘ कुनै अफिसियल जानकारी आएको छैन त्यसैले हामीले कुनै छानमिन त्यस्तो केही पनि गरेको छैन।’
बच्चाकी आमा सबिनाले भने इसान अस्पताललाई डब्लु एच ओ ले छानमिन गरिरहेको बताइन्। उनले भनिन्,‘ अहिले म कान्ती अस्पतालमै छु, बाबुको बारेमा अहिले मिडियामामा केही भन्न चाहन्न, सबै कुरा डब्लुएचओले छानवीन गर्छ।’ उता कान्ती बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले भने बच्चाको स्वस्थ्य अवस्था बताउन चाहेनन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment