राजधानी सार्ने विषयले बुटवलमा तनाव, मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार

डिसी नेपाल
१८ असोज २०७७ २०:२३

काठमाडौं। प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएसँगै बुटवल तनावग्रस्थ बनेको छ। अस्थायी राजधानी रहेको बुटबलबाट राजधानी सार्न लागिएको भन्दै रुपन्देही काँग्रेसको अगुवाईमा बुटवलमा विरोध प्रदर्शन भइरहेका बेला आइतबार साँझ मुख्यमन्त्री शंकर पोखरेल सवार रहेको गाडीमा ढुंगा प्रहार भएको छ।

राजधानीको विषयलाई लिएर सत्तारुढ दल नेकपामा विवाद र रुपन्देही काँग्रेसले विरोध जनाएपछि समर्थन जुटाउन मुख्यमन्त्री पोखरेल काठमाडौं आएका थिए।

आइतबार काठमाडौंबाट बुटवल फर्किनेक्रममा भैरहवा विमानस्थलमा अवतरण गरेका मुख्यमन्त्री पोखरेलमाथि बुटवलमा ढुंगा प्रहार भएको हो।

ढुंगा प्रहार भएपछि प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेको छ। प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएकोसमेत जनाइएको छ।

स्थानीय प्रशासनले आइतबारबाट लागू हुने गरी बुटवलमा निषेधाज्ञा जारी गरे पनि आन्दोलनकारीले निषेधाज्ञा तोडेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *