‘आदिवासी, जनजाति, दलित, मधेशी तथा सीमान्तीकृत समुदायको माग सम्बोधनका लागि संविधान संशोधन’

रासस
१८ असोज २०७७ २१:३९

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका केही प्रावधान संशोधन गरी सबैको अपनत्व हुने खालको वातावरण नबनेसम्म सचेत युवाले खबरदारी गरिरहनुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा आज आयोजित युवा पार्टी प्रवेश कार्यक्रममा उनले आदिवासी, जनजाति, दलित, मधेशी तथा सीमान्तीकृत समुदायको माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए । संवैधानिक आयोग तथा अन्य निकायमा नियुक्ति गर्दा ८० प्रतिशतसम्म एउटै समुदायबाट ल्याइएको आरोप पनि उनले लगाए ।

तत्कालीन समाजवादी युवा फोरमका अध्यक्ष आतेश यादवका अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभाका सदस्यद्वय शेखर सिंह र मृगेन्द्रकुमार सिंह यादव, प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेशसभा सदस् मनीष सुमनलगायतले पनि संविधान संशोधन नभएसम्म आफूहरु मौन भएर नबस्ने चेतावनी दिए । कार्यक्रममा विभिन्न दल परित्याग गरी जसपमा प्रवेश गरेका २८५ युवालाई फूलमाला र अबिर लगाई स्वागत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *