गैरआवासीय नेपाली युवाहरूको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने 

डिसी नेपाल
१९ असोज २०७७ ११:३६

काठमाडौँ । आज सम्पन्न गैरआवासीय नेपाली संघको भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पदाधिकारीहरूको संयुक्त अनलाइन बैठकले आउँदो श्री पञ्चमीका दिन उन्नाइस वर्ष मुनिका गैरआवासीय नेपाली युवाहरूबिच अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिताू संयुक्त रुपमा आयोजना गर्ने निर्णय गरेको छ ।

विजयी प्रथम हुने युवा कविलाई रु एक लाख र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने त्यसै गरि द्दितीय हुनेलाई पचास हजार , तृतीयलाई पच्चीसहजार र अङ्ग्रेजी विधा तर्फका उत्कृष्ट एक कविलाई पच्चीस हजार र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

कार्यक्रम आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्वज्ञ वाग्ले ( अमेरिका ) र सदस्यहरू महेश्वर पन्त ( अमेरिका ) , तीर्थ सङ्गम राई ( कतार ) , डा केशव शर्मा (अस्ट्रेलिया ), विमला निरौला ( अमेरिका ) , गणेश खडका ( अफ्रिका ) , गिरिजा गैह्रे ( जापान ), विष्णुमाया विभू (नर्वे ) र महता घिमिरे (अस्ट्रेलिया ) रहेका छन् ।

 

त्यसैगरि समितिको सल्लाहकारमा प्रा। डा। हेमनाथ पौडेल ( नेपाल प्रज्ञा प्रतिष्ठान ), गैरआवासीय नेपाली संघका भाषा ,साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा र अन्तर्राष्ट्रिय नेपाली साहित्य केन्द्रीय समितिका अध्यक्ष प्रकाश पौडेल माइला रहेका छन् ।

बैठकमा अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला , वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा , महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौला, कोषाध्यक्ष कृष्णकुमार गिरी, सदस्यहरू निजानन्द मल्ल, डा रेणुका सोलुलगायतका पदाधिकारीहरू र एनआरएनए भाषा , साहित्य , संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापा , उपाध्यक्षहरू महेश्वर पन्त, हरि पौडेल , बेलुकाजी थापा , सदस्य सचिव भगवती बस्नेत लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि आगामी दिनहरूमा संयुक्तरुपमा कार्यक्रमहरू गर्द लैजाने समेतमा छलफल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *