प्रदेश पाँचको राजधानी भालुहाङ नै उपयुक्त भएको काँग्रेसका प्रभावशाली नेताहरुको भनाई
काठमाडौं। भालुहाङलाई प्रदेश पाँचको स्थायी राजधानी बनाउने पस्तावप्रति ऐक्यबद्धता जनाउदै काँग्रेसका प्रभावशाली नेताहरुले यो विषयमा विरोध प्रदर्शन नगर्न अपील गरेका छन्। दाङ पश्चिमका काँग्रेस नेताहरुले प्रदेश पाँचको राजधानी भालुहाङलाई नै बनाउन अपील गरेका छन्।
भालुहाङलाई प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश पाँच सरकारलाई धन्यवाद समेत ब्यक्त गर्दै यस बिषयलाई लिएर कुनै दल र नेताहरुले ब्यक्तिगत प्रतिष्ठाको बिषय नबनाई जनतालाई उत्तेजित नबनाउन समेत आग्रह गरेका छन्।
सोमबार काङग्रेसका केन्द्रीय सदस्यहरु दिपक गिरी , पार्वता डिसी चौधरी , सन्जय गौतम, गोपाल दहितलगायत १० जनाले एक विज्ञप्ती जारी गर्दै प्रदेश पाँचका सबैलाई सुविधाजनक रहेको र सामरिक दृष्टिकोणले समेत उपयुक्त स्थान भालुहाङ रहेको बताएका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment