नेपाली प्रशिक्षकद्वारा अन्तराष्ट्रिय कोच प्रमाण पत्र प्राप्त गर्न सफल

डिसी नेपाल
१९ असोज २०७७ २२:०२

काठमाडौं । नेपाली राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षकहरुले अन्तराष्ट्रिय कोच प्रमाण पत्र लिनको लागि उत्तीर्ण एवं सफल भएका छन् । विश्व तेक्वान्दो महासंघको आयोजनामा मिति २०७७ आश्विन १६ गते देखि १८ गते सम्म चौथो अन्तराष्ट्रिय विश्व पारा तेक्वान्दो अनलाईन कोच सर्टिफिकेट कोर्स लेभल दुई सञ्चालन भएको थियो ।

तीन दिने कोर्समा नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघ पारा कमिटि अन्तर्गतका प्रशिक्षण कविराज नेगी लामा, आयषा शाक्य र विकेश विडारीले सहभागिता जनाई उत्तिर्ण भएका छन ।

उक्त कोर्षमा पारा तेक्वान्दोको ईतिहास, प्रतियोगिताका नियमहरु, खेल ब्यबस्थापन, एन्टि डोपिङ, कोड अफ इथिक्स लगायत अन्य मुख्य बिषयहरुका बारेमा प्रशिक्षण दिएको थियो ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *