कोहली २०–२० क्रिकेटमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी

डिसी नेपाल
१९ असोज २०७७ २२:५१

काठमाडौं । भारतीय कप्तान विराट कोहली २०–२० क्रिकेटमा ९ हजार रन पुरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन । युएईमा जारी आईपीएलमा दिल्ली बिरुद्वको खेलमा उनले यो किर्तिमान पुरा गरेका हुन । विराटले २०–२० मा अहिले सम्म कुल २८६ खेल खेलेका छन । सन २००७ देखी २०२० सम्मको २०–२० क्रिकेट करियरमा उनले यो किर्तिमान बनाएका हुन ।

२०–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने किर्तिमान वेस्टईन्डिजका खेलाडी क्रिस गेलको नाममा रहेको छ । उनले ४०४ खेलमा १३ हजार २ सय ९६ रन बनाएका छन । सबैभन्दा बढी रन बनाउने खेलाडीको दोस्रो स्थानमा वेस्टईन्डिजकै किरोन पोलार्ड रहेका छन । उनले ५१७ खेलमा १० हजार ३ सय ७० रन बनाएका छन । सबैभन्दा बढी रन बनाउने खेलाडीको तेस्रो स्थानमा पाकिस्तानका सोएब मल्लीक, चौंथो स्थानमा न्युजिल्यान्डका ब्रेन्डोन म्याकुलम, पाचौं स्थानमा अष्ट्रेलियाका डेविड वार्नर, छैठौं स्थानमा अष्ट्रेलियाकै आरोन फिन्च र सातौं स्थानमा विराट कोहली रहेका छन ।

कोहली पछि सबैभन्दा बढी रन बनाउने भारतीय खेलाडीको रुपमा दोस्रो स्थानमा भारतीय ब्याटसम्यान रोहित शर्मा रहेका छन । उनले ३३३ खेलमा ८ हजार ८ सय १८ रन बनाएका छन । रोहित सबैभन्दा बढी रन बनाउने खेलाडीहरुमा आठौं स्थानमा रहेका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *