मकाउमा अश्लील भिडियोका कारण १२ जना नेपाली पक्राउ, एक नेपाली पुलिस नै थिए

डिसी नेपाल
२० असोज २०७७ ११:३२

काठमाडौं। मकाउमा १ दर्जन नेपाली युवा पक्राउ परेका छन् । मकाउ ज्युडिसियरी पुलिसले उनीहरुलाई चाइल्ड पोर्नोग्राफी भिडियो हेरेको र शेयर गरेको आरोपमा पक्राउ गरेको हो । मकाउ डेली टाइम्सले पुलिसलाई उद्धृत गर्दै लेखेअनुसार पक्राउ पर्ने १२ जनामध्ये एक जना २७ वर्षका युवा त्यहाँको सरकारी पुलिस फोर्समा कार्यरत थिए ।

पुलिसका अनुसार उनीहरुलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले यसबारेमा सूचना दिएको थियो । गएको अगष्टमा इन्टरपोलले मकाउ पुलिसलाई त्यहाँ केही व्यक्तिहरुले चाइल्ड पोर्नोग्राफी भिडियोहरु गएको अप्रिल र मे महिनामा शेयर गरेको पाइएको सूचना दिएको थियो । इन्टरपोलको अनुसन्धानमा भएको खुलासाअनुसार २ मिनेट ३० सेकेण्डको त्यो भिडियोमा देखिएकी किशोरी विदेशी हुन् ।

पुलिसले गरेको सोधपुछमा १० जना नेपालीले आफूहरुले भिडियो शेयर गरेको स्वीकार गरेको र २ जनाले अस्वीकार गरेको समाचारमा जनाइएको छ । यसअघि अगष्टमा यही अपराधमा त्यहाँ ११ नेपाली पक्राउ परिसकेका छन् । पहिले पक्राउ परेका ११ नेपालीहरु २१ देखि ३६ वर्ष उमेरका छन् । अनुसन्धानमा शेयर गरिएको भिडियो मकाउबाहिर खिचिएको पनि खुलासा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *