नेकपा बैठकमा राजनीतिक नियुक्तिबारे छलफल तर, टुंगिएन विषय

डिसी नेपाल
२० असोज २०७७ १९:५४
44
Shares

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा संवैधानिक राजनीतिक नियुक्तिका विषयमा छलफल भएको जानकारी दिए। उनले बैठकमा छलफल भए पनि टुंगो भने नलागिसकेको बताए। उनले दुई अध्यक्षबीच परामर्श भएपछि यी विषय पनि टुंगो लाग्ने बताए।

विभिन्न संवैधानिक निकायमा ३९ पद रिक्त छन् भने प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा छन्। मंगलबारको सचिवालय बैठकमा यी विषयमा छलफल त भयो निर्णय भने भएन।

.बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलि, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , उपाध्यक्ष बामदेब गौतम, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधब कुमार नेपाल, नेकपा महासचिव बिष्णु पौडेल, गृहमन्त्री राम बहादुर थापा,रक्षामन्त्री ईश्वर पोख्रेल, प्रबक्ता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थित रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *