प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया शुरु

रासस
२१ असोज २०७७ १६:४३
24
Shares

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

सरकारले यही असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, संयुक्त अधिराज्य बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नाम प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समितिको आजको बैठकले प्रस्तावित राजदूतत्रयका सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्न सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले बताए।

उक्त पदमा उनिहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद्ध प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिनसक्ने उनले जानकारी दिए । दश दिनभित्र प्राप्त उजुरीको छानबिन गरी समितिले उनिहरुको योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि प्रस्तावित व्यक्ति राजदूतका लागि उपयुक्त हो/होइन ठह¥याइ आवश्यक निर्णय लिनेछ । प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबाट नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *