नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्रको साधारण सभा सम्पन्न, अधिवेशनका लागि बनाइयो निर्वाचन समिति

डिसी नेपाल
२२ असोज २०७७ २०:२२

वाशिङ्टन। अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसिसी)÷पशुपाति–बुद्ध मन्दिरको साधारण सभा सम्पन्न भएको छ। संस्थाका वोर्ड अफ ट्रष्टिज (बीओटी) का अध्यक्ष कृष्ण निरौलाको सभापतित्वमा २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। कोभिड–१९ को महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट गरिएको थियो। सभाको सञ्चालन साधारण सभा संस्थाका सचिव परशु तिमल्सिनाले गरेका थिए।

साधारण सभा तथा वाषिकोत्सवमा संस्थामा हालसम्म भएका प्रगति विवरणहरु प्रस्तुत गरिएको थियो भने आगामी वर्षहरुका कार्यक्रम लगायत अल्पकालिन तथा दीर्घकालिन योजनाहरु समेत प्रस्तुत गरिएका थिए । साथै संस्थाको विधानमा संगठनात्मक संरचना लगायतका केही बुँदाहरु माथि छलफलका लागि प्रस्तुत गरिएको थियो ।
साधारण सभामा प्रस्तुत विवरण, कार्यक्रम, योजना तथा विधानका केही बुँदाहरु संसोधन लगायतका विषयहरुमा छलफल तथा आवश्यक स्थानमा परिमार्जन सहित सर्वसहमतबाट स्विकृत भएका थिए । सभाबाट पारित भएको विधान अनुसार आगामी कार्यसमिति तथा बीओटीका पदाधिकारीहरुका निर्वाचनका लागि एक निर्वाचन समिति समेत गठन गरिएको छ।

संस्थाका कार्यसमितिका सभापति खिलेन्द्र न्यौपानेले यस संस्थालाई आजको अवस्थासम्म ल्याइपु¥याउन स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु महानुभावहरु सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। सभापति न्यौपानेले आफ्नो कार्यकालको अनुभवका आधारमा आगामी दिनमा संस्थालाई थप गतिशील बनाउन सुझावहरु समेत प्रस्तुत गरेका थिए।

यस्तै साधारण सभाले २३ वटा आर्टिकल सहितको संस्थाको विधान, सुझाव सहित सर्वसहमतिबाट पारित गरेको छ। साधारण सभाले डिसेम्बर २०२० भित्र बीओटी तथा कार्यसमितिको निर्वाचन सम्पन्न गर्नेगरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। निर्वाचन समितिको अध्यक्षमा डा. महेन्द्र कार्की र सदस्यहरुमा रामचन्द्र खरेल तथा राजु जोशी रहेका छन्।

जनवरी १, २०२० देखि अक्टुबर ३१, २०२० भित्रसम्ममा साधारण सदस्यता लिइसकेका व्यक्तिहरु निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न पाउनेछन् ।

आजीवनदेखि माथिको सदस्यता लिइसकेका सदस्यहरु स्वतः निर्वाचनमा भाग लिन पाउनेछन्।

साधारण सभामा एनएका वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले शुभकामना मन्तव्य राख्दै एनइसीसीको संस्थापक एनए र एनइसीसी हातेमालो गर्दै अमेरिकामा नेपालीहरुले स्थापना गरेको यस मन्दिरलाई विशेष आकर्षणको केन्द्र बनाउनुपर्ने र यसमा समुदाय सबैको सहयोगको आवश्यकता रहेको बताएका थिए। त्यसैगरी स्वयंसेवीहरुका तर्फबाट नेपाली पाठशाला अफ मेरिलैण्डका सहायक प्रिन्सिपल डा. कुमार मैनाली तथा देउसी–भैलोका कलाकार नारायण खरेलले मन्तव्य राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *