मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शुल्क घटाउन माग

रासस
२२ असोज २०७७ २१:५३

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्तर्गत मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसमा अध्ययनरत पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थीले मासिक शुल्क घटाउन माग गरेका छन् ।

स्नातकोत्तर तह पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले तत्काल मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनका साथै विश्वविद्यालय पदाधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

एमयूले पत्रकारितामा पहिलो सेमेस्टरको मासिक शुल्क रु. चार हजार ५०० तोकेको छ । केन्द्रीय क्याम्पसका अन्य विभाग र विषयको तुलनामा पत्रकारिताको शुल्क अत्यधिक भएको विद्यार्थीको गुनासो छ । मासिक शुल्क घटाएर बढीमा रु. दुई हजार कायम गर्नुपर्ने उनीहरुको माग छ । कोरोना भाइरस महामारीका कारण आम दैनिकी सहज नभइरहेका बेला समेत क्याम्पसले मासिक शुल्कमा ताकेता गरेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् ।

पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका संयोजक युवराज शर्माले डिन कार्यालयले नै मासिक शुल्कबारे टुङ्गो लगाउने बताए । विद्यार्थीले मासिक शुल्क निर्धारण हेरफेर गर्न उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय र क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *