इटालीमा कोरोनाको दोस्रो लहर, मास्क अनिवार्य

डिसी नेपाल
२२ असोज २०७७ २२:१७
524
Shares

रोम। इटालीमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बिहीबारदेखि मास्क लगाउन अनिवार्य गरिएको छ। इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साझ पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिए।

मास्क अनिवार्य गरिए पनि अरु नियम भने परिवर्तन भएका छैनन्।

मास्क नलगाए ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम पनि लागू गरिएको छ। बिहीबार पछिललो २४ घन्टामा इटालीमा ४ हजार ४ सय ५८ संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या लकडाउन खुले पछि अहिलेसम्म कै उच्च हो।

इटालीमा केही दिनदेखि कोरोना संक्रमण ह्वात्तै बढेको छ। यहि गतिमा संक्रमितको संख्या बढ्दै जाने हो भने सरकारले १५ अक्टोबरबाट संक्रमण रोक्न फेरि नयाँ नियम हरु थप गर्न सक्ने सम्भावना रहेको इटालीयन संचार माध्यमले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *