नरेन्द्र मोदी कसरी सबै किसिमका मानिसहरुसँग सजिलै जोडिन सक्छन् ?

डिसी नेपाल
२३ असोज २०७७ ८:४३

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बोल्ने कलाको धेरैले प्रशंशा गर्छन् । उनको संचार कला उत्कृष्ट मानिन्छ र उनले बोल्ने कुराहरुमा मानिसहरुको ‘इंगेजमेन्ट’ राम्रो हुन्छ । भारतका बरिष्ठ पत्रकार, इण्डिया टिभीका प्रधान सम्पादक तथा अध्यक्ष समेत रहेका रजत शर्माले मोदीको बोल्ने कलाको विषयमा विश्लेषण गरेका छन् । चर्चित टेलिभिजन शो ‘आप की अदालत’ चलाउने पत्रकार शर्माले हिन्दुस्तान टाइम्समा एक विश्लेषण प्रकाशित गर्दै आफ्ना आदर्श एंकरहरुमध्ये एक पत्रकारिता पेशामा नरहेका नरेन्द्र मोदी भएको उल्लेख गरेका छन् ।

हालै फिट इण्डिया २०२० मा नरेन्द्र मोदीले देशका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुसँग अन्तरक्रिया गरे जसमा मोदीको बोल्ने कलाको अर्को नमूना देखियो । युवा महिला कश्मिरी फुटबलरदेखि क्रिकेट सुपरस्टारसम्म, पोषण विज्ञदेखि योग गुरुसम्म मोदीले सबैसँग निकै सहज रुपमा कुरा गरे । उनीहरुलाई उनीहरुकै पेशासँग सम्बन्धित कुरा गरे र कुनै पनि पेशाको बारेमा कुरा गर्दा उनी असहज भएनन् । मोदीले मानिसहरुसँग नजिक हुने क्रममा जुन आत्मीयता प्रकट गर्छन् त्यसले मानिसहरुलाई उनीसँग जोडिरहेको हुन्छ । यो आत्मीयताले ‘आइसब्रेक’ गर्छ र मानिसहरु खुला मनले मोदीसँग जोडिन्छन् । उनीहरुले बिर्सिन्छन् उनीहरु एउटा जीवनभन्दा विशाल नेतासँग कुरा गरिरहेका छन् ।

मन की बात सुरु हुने बेला मानिसहरुले यसलाई मासिक रुपमा रेडियोमा आउने भाषण ठानेका थिए तर मोदीले यसलाई साक्षत्कार मनाइदिए जहाँ उनले एक एंकरको रुपमा आम मानिसहरुको सफलताको कताहरु साथमा ल्याउँछन् । यतिमात्र होइन आम जनतासँग कुरा गर्दै गर्दा उनी शान्त र ज्ञानी एंकरको रुपमा देखिन्छन् । उनको साक्षत्कारमा मानिसहरु जोडिइरहेका हुन्छन् । यस्तो सहभागितामूलक साक्षत्कार त्यतिबेला मात्र सम्भव हुन्छ जब मानिसहरु खुला दिमागले एंकरसँग केही सिक्न चाहन्छन् । अर्को मानिसबाट केही सिक्छु भन्ने सोचले मानिसलाई राम्रो स्रोता बनाउँछ । मोदीको उत्कृष्ट साक्षत्कारको पछाडिको एक कारण यो पनि हो कि उनी आफूलाई निरन्तर सिकारुको रुपमा हेर्छन् । उनी प्रधानमन्त्री हुन सक्छन् तर उनी अझै पनि सोच्छन् उनी अरुबाट केही सिक्न सक्छन् ।

एउटा राम्रो एंकरसँग विभिन्न फरक फरक विषयमा पयाृप्त ज्ञान हुनुपर्छ ताकि उसले फरक फरक विधाका मानिसहरुलाई साक्षात्कारमा अल्झाइराख्न सकोस् । निरन्तर सिकारु बन्ने क्षमताले मोदीलाई मानिसहरुसँग राम्रोसँग साक्षात्कार गर्न मात्र सहयोग गरिरहेको छैन उनलाई देशको विविधताबारे बुझ्न पनि सघाइरहेको छ । भारतीयहरु सामान्यतया साक्षत्कारको लागि उत्साहित हुन्छन् । यही कारण मोदीका साक्षत्कारमा मानिसहरु धेरै जोडिन्छन् । यद्यपि सबैमा एक्स फ्याक्टर भने मोदी नै हुन् । आमसंचारमा दक्ष संचारकर्मीहरुको प्रस्तुती पनि बेलाबेला दिशाहीन हुन्छ । यद्यपि मोदी एक दुर्लभ व्यक्ति हुन् जो आम संचार र बहुआयामिक संचार दुवैमा दक्ष छन् । समाचार स्टुडियोमा आक्रामक रुपमा प्रस्तुत हुने एंकरहरुले मोदीको किताबबाट एक दुई पाना लिन सक्छन् – खोजी, तयारी र कम्पोजरले राम्रो साक्षात्कार गर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *