ट्रम्प र बाइडेनबीच हुने भनिएको दोस्रो राष्ट्रपतीय बहस रद्द

डिसी नेपाल
२४ असोज २०७७ १३:२९

काठमाडौं। अमेरिकामा १५ अक्टोबरमा हुने भनिएको दोस्रो राष्ट्रतीय बहस रद्द भएको छ । राष्ट्रपतीय बहस आयोगले राष्ट्रपति पदका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बाइडेनबीच हुने भनिएको बैठक रद्द गर्ने निर्णय गरेको हो । अब तेस्रो र अन्तिम बहस २२ अक्टोबरमा हुनेछ । आयोगले एक बयान जारी गर्दै १५ अक्टोबरमा कुनै बहस नहुने बताएको सीएनएनले जनाएको छ । आयोगका अनुसार सबै उम्मेदवारले त्यस दिनका आफ्ना योजनाबारे आयोगलाई सूचित गरिसकेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू १५ अगष्टको लागि हुने राष्ट्रपतीय बहसको लागि पूर्ण रुपमा फिट भएको बताएका थिए । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले भने दोस्रो बहसका विषयमा आशंका व्यक्त गरेका थिए । दुवै पार्टीका उम्मेदवार सामाजिक संजालमा भने भिडिरहेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै पछिल्लो सर्वेमा आफ्नो लोकप्रियता बढेको र यसबाट जो बाइडेनलाई खतरा भएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *