उत्तर कोरियाले राजधानीमा उतार्यो अत्याधुनिक हतियार, चीनको बधाइ, युरोप–अमेरिकामा तरंग

डिसी नेपाल
२४ असोज २०७७ १४:१०

काठमाडौं। उत्तर कोरियाको स्थापना गर्ने र अहिलेसम्म सरकार चलाइरहेको वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा देशभर भव्य कार्यक्रमको आयोजना गरिएको छ । यस क्रममा उत्तर कोरियाले पहिलो पटक आफ्ना अत्याधुनिक हतियारको प्रदर्शन गरेको छ । दक्षिण कारियाको सेनाले यसबारे जानकारी दिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार आयोजित मिलिट्री परेडमा उत्तर कोरियाले कैयौं हतियार पहिलो पटक प्रदर्शन गरेको छ । उत्तर कोरियाको यो कार्यक्रम विश्वभरका देशले गम्भीर चासोका साथ हेरिरहेका छन् । किम जोंग उनले यो मिलिट्री परेको माध्यमले विश्वलाई ठूलो सन्देश दिन चाहेको विश्वास गरिएको छ ।

उत्तर कोरियाले दिएको जानकारी अनुसार चीनका राष्ट्रपति शी जिनपिङले किम जोंग उनलाई बधाइ सन्देश पठाएका छन् । जिनपिङले सन्देशमा आफूले चीन र उत्तर कोरियाको सम्बन्ध अझै मजबुत पार्न चाहेको बताएका छन् । जिनपिङले पछिल्ला वर्षहरुमा उत्तर कोरियाले पाएको सफलताबाट आफू धेरै खुसी भएको पनि बताएका छन् ।

विश्लेषकहरुका अनुसार उत्तर कोरियाले नयाँ रणनैतिक हतियार पेश गरेको हो । उत्तर कोरियाले बिहानै यस्तो किसिमको कार्यक्रम आयोजना गरेको यो पहिलो पटक हो । किम जोंग उन पनि यो कार्यक्रममा सहभागी भएको विश्वास गरिएको छ । दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किम जोंग उनले अमेरिकी राष्ट्रपतिको चुनावअघि आफ्नो शक्ति प्रदर्शन गर्न चाहेका थिए त्यसैले यो कार्यक्रम आयोजना गरिएको हो ।

स्याटेलाइट तस्वीरहरुमा विगत एक हप्तादेखि उत्तर कोरियाली सैनिक ठूलो परेडको अभ्यास गरिरहेका देखिएका थिए । यसअघि दक्षिण कोरियाली अधिकारीहरुले वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसअघि किम जोंग उनले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल वा पनडुब्बीबाट लञ्च गरिने किसाइल पेश गर्न सक्ने सम्भावना रहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *