फर्जी टिआरपी केसमा रिपब्लिक टिभीको मुम्बइ पुलिसलाई पत्र–‘कृपया अनुसन्धान रोकिदिनुस्’

डिसी नेपाल
२४ असोज २०७७ १५:५२

काठमाडौं। फर्जी टिआरपी काण्डमा रिपब्लिक टिभीले मुम्बइ पुलिसलाई पत्र लेख्दै तत्कालको लागि अनुसन्धान रोक्न आग्रह गरेको छ । टिभीको तर्फबाट प्रमुख वित्तिय अधिकारी शिव सुन्दरमले मुम्बइ पुलिसलाई पत्र लेख्दै यस विषयमा रिपब्लिक टिभी सर्वोच्च अदालत जान लागेकोले सर्वोच्चमा यो विषयमा सुनुवाइ हुँदासम्मका लागि अनुसन्धान रोकिदिन आग्रह गरेका हुन् । मुम्बइ पुलिसले सुन्दरमलाई आज शनिबार सोधपुछका लागि उपस्थित हुन कानुनी नोटिस पठाएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार टिआरपी घोटालामा अनुसन्धान भने जारी छ । मुम्बइ पुलिसले यसको अनुसन्धानको लागि क्राइम ब्रान्चका साथसाथै आर्थिक अपराध शाखा (इओडब्लु) को पनि सहयोग लिइरहेको छ । आर्थिक अपराध शाखाले फण्ड ट्रान्सफर, नक्कली टिआरपीको प्रयोग गरी विज्ञापनबाट कमाइएको धनको बारेमा छानबिन गर्नेछ । इओडब्लु मुम्बइमा डिसीपी पराग मनेरेले वित्तिय पक्षहरुको जाँच गर्नेछन् । रिपब्लिक टिभी र अन्य २ च्यानलको वित्तिय लेनदेनको फरेन्सिक लेखापरीक्षणका लागि फरेन्सिक अडिटरको सेवा पनि लिइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *