२ करोडको बीमा रकम पाउन ‘आफ्नै हत्या’ गर्ने राम पक्राउ

डिसी नेपाल
२४ असोज २०७७ १६:२१

काठमाडौं। २ करोड रुपैयाँको बीमा रकम पाउनको लागि आफ्नै हत्याको झुटो नाटक गर्ने एक व्यापारी पक्राउ परेका छन् । भारतको हरियाणाको हिसारमा जुन व्यक्तिलाई अपराधीहरुले जिउँदै जलाएको भनिएको थियो ती व्यक्ति जीवितै फेला परेका छन् । पुलिसको दावीअनुसार यी व्यक्तिले बीमाको २ करोड रुपैयाँ हडप्नको लागि आफ्नै मृत्युको नाटक गरेका थिए । उनले आफ्नो कारमा कुनै अर्कै व्यक्तिलाई जलाएका थिए । हरियाणा पुलिसले यी व्यक्तिलाई छत्तीसगढमा जीवितै पक्राउ गरेको छ र उनलाई हरियाणा लिएर जाँदैछ ।

प्लेज टाइम्सका अनुसार ७ अक्टोबरमा हिसारको हांसी शहरमा कथित रुपले २ जना अपराधीले एक व्यापारीलाई जिउँदै जलाएको खबर आएको थियो । त्यतिबेला पुलिसलाई दिइएको जानकारी अनुसार केही गुण्डाहरुले एक व्यापारीको कारलाई मोटरसाइकलमा पिछा गरिरहेका थिए । खतराको आभास भएपछि ती व्यापारीले आफ्नो परिवारलाई फोन गरेर यसबारे बताएका थिए । तर, परिवार र पुलिस घटनास्थल पुग्दासम्म ती गुण्डाहरुले व्यापारीसहित कारमा आगो लगाइसकेका थिए । परिवार र पुलिस घटनास्थलमा पुग्दा कार र त्यसमा बसेका व्यक्ति नराम्रोसँग जलिसकेका थिए ।

कतिथ रुपमा मारिएका व्यापारीको नाम राम मेहर थियो । यी व्यक्तिको बरवालामा डिस्पोजल ग्लासको फ्याक्ट्री छ । दावी गरिएअनुसार मंगलबार अबेर राती उनी आफ्नो कारमा कहीँ जाँदै थिए र उनीसँग ११ लाख नगद पनि थियो । त्यतिबेला गुण्डाहरुले उनीसँग भएको ११ लाख लुटेर कार जलाएको दावी गरिएको थियो । तर, अनुसन्धानको क्रममा पुलिसलाई दावी शंकास्पद लाग्यो । जाँचको क्रममा पुलिसले ती व्यक्तिलाई छत्तीसगढमा जिउँदै फेला पारेपछि उनको योजनाको खुलासा भयो । पुलिसको दावीअनुसार उनले बीमाको २ करोडको लागि आफ्नो मृत्युको षड्यन्त्र रचेका थिए ।

हंसीका एसपी लोकेन्दर सिंहले समाचार एजेन्सी एएनआइसँग बताएअनुसार जाँचमा ती व्यापारीको नाममा करोडौंको बीमा भएको खुलासा भएको छ । राममेहरको मृत्युपछि यो रकम उनको परिवारले पाउँथे । यसका अलावा जाँचमा उनको व्यवसाय राम्रोसँग नचलेको र उनीमाथि ऋण पनि भएको खुलासा भएको छ । पुलिसले अब कारमा जलेको लाश कसको थियो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *