५ वटा सुटकेसमा ३० करोड बोकेर दुबई उड्न लागेकी युवती विमानस्थलमा पक्राउ

डिसी नेपाल
२४ असोज २०७७ १७:२१

काठमाडौं। ५ वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा पक्राउ परेकी छिन् । ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ) राखेर लण्डनको हिथ्रो विमानस्थलबाट दुबइ उड्ने प्रयास गरेकी थिइन् । २० वर्षकी तारा हान्लोनलाई हिथ्रोमा बोर्डर फोर्सका अधिकारीहरुले पक्राउ गरेको द सनको समाचारमा जनाइएको छ ।

सुरक्षाकर्मीले उनका लगेजभित्र ठूलो परिमाणमा नगद फेला पारेका छन् । यो यस वर्ष यसरी पक्राउ गरिएको सबेभन्दा ठूलो रकम हो । हान्लोनलाई मनी लण्ड्रिङको अभियोगमा मुद्दा चलाइएको छ । उनलाई अक्सब्रिज मजिस्ट्रेटको अगाडि उपस्थित गराएर अनुसन्धानको लागि म्याद थपिएको छ । अदालतले उनलाई नोभेम्बर ५ सम्मको लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । त्यसपछि उनलाई इस्लेवर्थ क्राउन कोर्टमा उपस्थित गराइनेछ ।

दोषी ठहर भएको अवस्थामा हान्लोनलाई १४ वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको समाचारमा जनाइएको छ । अध्यागमन नियमन र अदालती मामिला मन्त्री क्रिस फिलिपले भने ‘यो २०२० मा देशबाहिर जान लागिएको सबैभन्दा ठूलो रकम सीज गरिएको हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *