दुर्गबहादुर श्रेष्ठ पक्राउ प्रकणमा एनआरएनए मलेसिया अध्यक्षको कुनै संलग्नता नरहेको दावी

डिसी नेपाल
२४ असोज २०७७ २०:३३

क्वाललम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले काठमाडौंमा पक्राउ परेका दुर्गबहादुर श्रेष्ठसँग जोडेर संघका अध्यक्ष हरि भट्टराईको चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति प्रकट गरेको छ।

संघका अध्यक्ष भट्टराई र महासचिब हेमराज सापकोटाले शनिबार विज्ञप्ति जारी गर्दै एनआरएनए मलेसियाले सो प्रकणमा पीडितलाई अन्याय र पीडकलाई फाइदा पुर्याउने गरी कुनै काम नगरेको जनाएका छन्।

श्रेष्ठ मलेसियामा नेपालीहरुमाथि कुटपिट गर्ने र फिरौतीसमेत लिने गरेको आरोपमा पक्राउ परेका छन्। एनआरएनए मलेसियाले संघका अध्यक्षको चरित्र हत्या गर्नेहरुमाथि कारबाही गर्नसमेत माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *