सीमा तनावकाबीच चीनले मनायो भारतीय डाक्टरको जन्मजयन्ती

डिसी नेपाल
२५ असोज २०७७ २२:५४
88
Shares

काठमाडौं । भारत तथा चीनका विश्वविद्यालयका विद्यार्थीले जापान चीन युद्धमा शहिद भएका भारतीय डाक्टर द्वारकानाथ कोटनीसको जन्मजनयन्तीमा मनाएका छन्। एक चिनियाँ संस्थाले आयोजना गरेको उक्त भर्चुअल कार्यक्रममा दुवै देशका सरकारका नजिकका व्यक्तिहरुले भाग लिएका थिए।

‘चाइनीज पीपुल्स एसोसियसन फर फ्रेंडशिप विथ फरेन कन्ट्रीज’(सीपीएएफएफसी)ले आयोजना गरेको उक्त कार्यक्रममा कोटनीसको ११० औं जयन्ती तथा भारतीय डाक्टरहरुको विरासतका बारेमा डकुमेन्ट्री प्रस्तुत गरीएको थियो। पूर्वी लद्दाखमा दुई देशबीचको सीमा तनावका बेला उक्त कार्यक्रमको आयोजना गरिएको हो। लद्दाखमा भएको तनावले दुई देशको सम्बन्धलाई खराब स्तरमा पुर्याएको छ।

सन १९३८ मा भारतका पाँच चिकित्सक एम. अटल, एम. चोलकर, कोटनिस, बीके बसु तथा डी. मुखर्जी चीन जापान युद्धमा चिनियाँ सेनालाई सहायता गर्न गएका थिए। तीमध्ये कोटनीस बाहेक सबै भारत फर्किएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *