बेलायतको एनआरएनएको एक वर्ष सफल

डिसी नेपाल
२६ असोज २०७७ ६:२०

लन्डन।  एनआरएनए यूकेले एनआरएनए दिवसको अवसरमा आइतबार एक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाले आफ्ना सम्पूर्ण सल्लाहकारहरूलाई निमन्त्रणा दिएको थियो।

उक्त कार्यक्रमा उत्साहजनक उपस्थिति रहेको थियो। ८१ जना सहभागि रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव फडिन्द्र भट्टराईले गरेका थिए भने उनलाई संस्थाकै सचिव जीत रानाभाटले गरेका थिए।

संस्थाकी अध्यक्ष पुनम गुरुङको शुभकामना मन्तब्य पछि महासचिवको बार्षिक सामाजिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको उक्त कार्यक्रमा अधिकांश सल्लाहकारले आफ्नो सकरात्मक टिप्पणि राखेका थिए।

सल्लाहकारको सुझाव र सल्लाह नै सुन्न गरिएको उक्त कार्यक्रममा अध्यक्ष गुरूङले समाजमा विभिन्न तप्कामा राम्रो योगदान गरेका सल्लाहकारबाट एनआरएनए यूके अगी बढ्ने र यो कार्यक्रमको उपस्थित र सल्लाहकारहरूबाट आएका सुझावलाई मनन गरेर अागामी दिनमा अगि बढ्ने कुरा विश्वस्त गराएकी थिइन्।

कार्यक्रमा यति नेपाली एशोसियसनका पुर्व अध्यक्ष उमेशराज मोक्तानले एनआरएनएको ईतिहासमै कोषाध्यक्षबाट यसरी स्पष्ट आयवय देखाएको पहिलो रहेको बताए भने एनआरएनएले आफ्नो प्रमुख मुद्धा नागरिकताको निरन्तरतालाई नै बनाउनु पर्ने सुझाए।

त्यस्तै कार्यक्रममा पत्रकार भगिरथ योगीले यो कोबिडको बीचमा पनि एनआरएनए यूकेले गरेको काम अन्य देशको भन्दा उच्च रहेको मुल्याङकन गरे। उनले फरक मतको सम्मान गर्दै अगी बढ्नु पर्ने सुझाव दिँदा हालको अध्यक्षको नेतृत्वमा भए गरेका गतिविधिको खुलेर प्रसंसा गरे।

कार्यक्रममा संस्थाको बदनाम हुने गरी आर्थिक घोटला सम्बन्धमा आएका कतिपय समाचारका बारेमा अधिकांशले प्रश्न उठाए भने यो कुरा संस्था भित्रैबाट सुल्झाउनु पर्नेमा कानुनीबाट रोजेकोले यसले गलत सन्देश दिने बताए।

यसै सम्बन्धमा बार्नेट काउन्सिलका काउन्सिलर लक्ष्य गुरुङले अमेरिकामा पनि यस्तै बिबाद भई अदालतको बाटो राजे पनि आखिर कहिकतै नपुगेका कारण यो सामाजिक संस्थाको बिबाद समाज भित्रबाट सुल्झाउनु पर्ने सुझाब दिए।

कार्यक्रममा अधिकांशले यो कार्यकालको पहिलो बर्ष सफल रहेकोमा यो कार्यसमितिलाई धन्यबाद दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *