अर्मेनिया–अजरबैजान युद्धमा टर्कीका अगाडि निरीह रुस

मस्को (एजेन्सी)। अर्मेनिया र अजरबैजानबीच रुसको प्रयासपछि भएको युद्धविराम एकदिन पनि टिक्न सकेन। अर्मेनिया र अजरबौजानबीच संघर्ष नार्गोभ कारबाख क्षेत्रलाई लिएर भइरहेको छ। जसमा कम्तिमा १५० जनाभन्दा धेरै नागरिक मारिएका छन्। नार्गोभ कारबाख क्षेत्र आधिकारिक रुपमा अजरबैजानको भए पनि कब्जा अर्मेनियाको छ।

अर्मेनिया इसाई बहुल मुलुक हो भने अरजरबैजान मुस्लिम। कारबाखमा अर्मेनियालीहरुको बाहुल्यता छ। यो युद्धमा टर्की अजरबैजानको पक्षमा बलियो रुपमा उभिएको छ, तर रुस चुपचाप छ। टर्कीले अजरबैजानको क्षेत्रीय सम्प्रभुताको सम्मान गर्दै अर्मेनियाले उसको क्षेत्रमा गरिएको कब्जालाई छोडेमात्र कुनै शान्ति वार्ताको समर्थन गर्ने जनाएको छ। टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दवानले रुस पछिल्ला ३० वर्षहरुमा अर्मेनिया–अजरबैजान मामिलालाई सुल्झाउन असफल भएको बताएका छन्।

यसैकारण अर्मेनियाले टर्कीमाथि युद्ध भड्काएको आरोप लगाउने गरेको छ। टर्कीको आक्रामकता र रुसको भूमिकालाई लिएर प्रश्न उठ्न थालेको छ। भनिन्छ, सोभियत संघको पतनपछि रुसको नियतिमा अझै धेरै देख्न बाँकी छ। अर्मेनिया–अजरबैजान युद्धपछि फेरि यो कुरा दोहोर्याउन थालिएको छ। कुनै बेला सोभियत संघको अंग रहेका देशहरु अब मस्कोको प्रभावबाट बाहिर निस्कनेर आफ्नो यूरोपेली छिमेकीको प्रभावमा जान थालेको देखिन्छ। चीन पनि सोभियतको हिस्सा रहेका पश्चिम एशियाली मुलुकहरुमा आफ्नो प्रभाव बढाइरहेको छ।

अब अजरबैजान टर्कीको नजिक जान लागेको देखिन्छ। टर्की रुसका अगाडि एक नयाँ क्षेत्रीय शक्तिका रुपमा उदाइरहेको छ। र अजरबैजानलाई आफ्नो पूर्ण समर्थन दिइरहेको छ। विश्लेषकहरुले अद दक्षिणी काकशस क्षेत्र (अर्मेनिया, अजरबैजान र जर्जिया)मा रुसको प्रभाव कमजोर हुन सक्ने अनुमान गरेका छन्।

नार्गोभ कारबाखा क्षेत्रलाई लिएर ९० को दशकमा पनि अजरबैजान र अर्मेनियाबीच युद्ध भएको थियो, जसलाई रुसको मध्यस्थतामा समाप्त पारिएको थियो। तर, रुसले अर्मेनियाले जितको भूमिलाई लिएर यथास्थिति कायम राखेको थियो। अर्मेनियासँग रुसको सैन्य साझेदारी छ, उता अजरबैजानसँग पनि उसको राम्रो सम्बन्ध छ। रुस दुबै देशलाई हतियार आपूर्ति गर्छ। अर्मेनिया र अजरबैजान दुबै सोभियत संघका हिस्सा रहेका थिए। २०१६ मा अजरबैजान र अर्मेनियाबीच भएको युद्धमा रुस एकहप्ता भित्र नै दुबैलाई युद्धविराम गराउन सफल भएको थियो। तर, यो पटक त्यस्तो देखिएको छैन। यसको ठूलो कारण हो टर्की।

टर्कीको हतियार, कूटनीतिक समर्थन र कथित रुपमा टर्कीका सिरियाली सहयोगी लडाकु युद्धमा सहभागी भएका कारण अजरबैजानको मनोबल बढेको छ। उसलाई अर्मेनियामाथि जित हुने विश्वास छ। उसलाई लाग्छ, रुसका अगाडि नझुेकै युद्ध जारी राख्न सक्छ, र अर्मेनियाले कब्जा गरेको भूमि फिर्ता गराउन सक्छ। टर्कीले आवश्यक परे अजरबैजानको सहयोगका लागि पूर्णरुपमा तयार रहेको बताएको छ।

यो नयाँ तथ्यसँग रुस राम्रोसँग परिचित छ। र यसैकारण अर्मेनिया–अजरबैजानको युद्धमा सिधारुपमा सहभागी हुनबाट बचिरहेको छ। जबसम्म यो संघर्ष अर्मेनियाको कब्जामा रहेको क्षेत्रमा सिमित हुन्छ, त्यो बेलासम्म रुस यो युद्धमा सहभागी हुने छैन। अर्मेनियासँग रुसको नेटो जस्तै सैन्य गठबन्धन छ। र यस क्षेत्रमा रुसको एक सैन्य शिविर पनि छ। जहाँ २५ सय रुसी सेना छन्। यति हुँदा पनि अर्मेनिया रुसलाई आफ्नो समर्थनमा ल्याउन असफल रहेको छ। रुसले हाल अमेरिका र फ्रान्ससँग मिलेर आफूलाई युद्ध विरामको प्रयाससम्म सिमित राखेको छ। रुस। अमेरिका र फ्रान्स मिंस्क समूहका सदस्य पनि हुन्। अजरबैजान–अर्मेनियाबीचको संघर्षलाई सुल्झाउने जिम्मेवारी पछिल्ला ३० वर्षदेखि मिंस्कले निभाउँदै आएको छ।

मस्को धर्मसंकटमा छ। यदि उसले अजरबैजानमाथि अर्मेनियाको कब्जाका अगाडि झुक्न दबाब बनायो भने अजरबैजान सँधैका लागि टर्कीको प्रभावमा जानेछ। यदि रुसले अर्मेनियाको साथ दियो भने रुस र टर्कीबीच खतरनाख युद्ध हुन सक्छ। रुसको बाध्यता छ। उस टर्कीसँगको अफ्नो सम्बन्ध खराब गर्न चाहँदैन। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दवानसँग विरोधाभास छ। यो विरोधाभासपूर्ण मित्रताका कैयौं भू रणनीतिक फाइदा छन्। पश्चिमी देशलाई लिएर रुस र टर्कीको एउटै सोच छ, र यही उनीहरुको मित्रताको आधार पनि हो।

सियरिया र लिबियापछि यो तेस्रो क्षेत्रीय संघर्ष हो, जसमा रुस र टर्की आमनेसामने छन्। हालसम्म पुटिन र अर्दवान विरोधाभासलाई केही गरेर सम्हाल्न सफल भएका छन्। पाँच वर्ष पहिला जब रुस र टर्की फरक फरक खेमामा थिए, त्यो बेला कैयौं कूटनीतिक जानकारहरुले यो मित्रता मुखको बल पछारिने भविष्यवाणी गरेका थिए। अजरबैजान–अर्मेनिया युद्धपछि अवस्था झन खराब भएको छ। तर रुस र टर्कीलाई एकसाथ उभ्याउने आधार यति बलिया छन् कि उनीहरुले यो परिस्थितिबाट पार पाउन हरसम्भवन प्रयास गर्नेछन्। यदि यी दुई मुलुकबीच युद्ध भयो भने त्यो विनाशकारी हुने छ। दुबै मुलुकबीच आर्थिक सम्बन्ध पनि छ। सिरिया र लिबियामा दुबै देशले आफ्नो दुश्मनीलाई मित्रताको बीचमा आउन दिएनन्।

विश्लेषकहरुले यदि रुसले टर्कीलाई क्षेत्रीय शक्तिका रुपमा स्वीकार गरे यी दुई मुलुकबीच सहयोग र प्रतिस्पर्धा यसरी नै अगााडि बढ्ने छ। तर, हालसम्म शान्ति वार्तामा टर्कीलाई सहभागी गराउनुपर्ने अजरबैजानको माग रुसले स्वीकार गरेको छैन।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो