सप्तरीमा कोरोनाबाट जनप्रतिनिधिसहित २२ जनाको मृत्यु

डिसी नेपाल
२८ असोज २०७७ ६:२५

राजविराज। सप्तरीका कोरोना संक्रमणका कारण २२ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय तिरहुत गाउँपालिका ३ का ४६ वर्षका वडा सदस्य र राजगढ गाउँपालिका ६ का एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।

सप्तरीमा पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको छ। वडा सदस्य क्यान्सर रोगवाट पीडित रहेको जनाइएको छ। वडा सदस्य सोमवार चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख यादवले जानकारी दिए।

यसैगरी मंगलवार राजगढ गाउँपालिका ६ का एक पुरुष जनकपुरमा उपचार गराईरहेका थिए। उनको शव ल्याउन एम्वुलेन्स पठाईएको र थप विवरण संकलन भइरहेको कार्यालय प्रमुख यादले बताए। यो सहित सप्तरीमा कोरोनाका कारण मर्नेको संख्या ३ महिलासहित २२ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *