स्याङ्जाकी संक्रमित महिलाकाे पाेखरामा मृत्यु
पोखरा। पोखरामा उपचारका क्रममा १ जना कोरोना संक्रमित महिलाकाे मृत्यु भएको छ ।
असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रकाे आइसियुमा भर्ना भई उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका–२ की ५२ वर्षीया महिलाको बुधबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
उनका अनुसार सो अस्पतालमा हालसम्म उपचारका क्रममा १३ जना संक्रमितको मृत्यु भइसकेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ५ हजार १ सय २७ पुगेको छ ।
प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ६ जना, तनहुँका २ जना, स्याङ्जा तथा लमजुङका १-१ जना छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment