जयमंगलका हत्यारा ३० वर्षपछि पक्राउ
काठमाडौं। बाराका जयमंगल प्रसादका हत्यारालाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ। बाराको सिम्रौनगढ ६ का जयमंगलको २०४४ भदौ १२ गते हत्या भएकोे थियो। उनको हत्यामा संलग्न भई फरार भएका बाराको सिम्रौनगढ ७ का श्यामकिशोर प्रसाद कुशवाहलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत बाराले २०४७ भदौ २८ गते उनलाई १० वर्ष कैदको फैसला सुनाएको थियो। त्यसपश्चात उनी फरार थिए। श्यामकिशोर भारतमा लुकिछिपी बसेको भन्ने सुचनाका आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र इलाका पहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले मंगलबार राती बाराकै नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment