दोस्रो विश्वयुद्धमा खसाइएको तर नपड्किएको साढे ५ हजार किलोको बम अहिले पड्कियो

काठमाडौं। दोस्रो विश्वयुद्धका क्रममा विष्फोटका लागि खसाइएको भए पनि त्यतिबेला नपड्किएको विशाल बम अहिले पड्किएको छ । ५ हजार ४ सय किलोको यो विशाल बम पोल्याण्डको नौसेनाले निष्क्रिय गर्ने प्रयास गरिरहेका बेला विष्फोट भएको हो । अहिले भेटिएको यो बमलाई पोल्याण्डको नौसेनाका सैनिकले एक नहरमा डिफ्युज गर्ने प्रयास गर्दै थिए ।

सीएनएनका अनुसार नहरमा भएको यो विष्फोटमा मानवीय क्षति भएको छैन । समाचार अनुसार यो बम स्विन्उज्स्की शहरबाहिर रहेको पाइस्ट नहरमा भेटिएको थियो । बम भेटिएपछि आसपासका क्षेत्रबाट ७५० भन्दा अधिक स्थानीयलाई बाहिर निकलिएको थियो । यो बम दोस्रो विश्वयुद्धका क्रममा १९४५ मा बेलायतको रोयल एयरफोर्सले खसालेको थियो ।

यो बम जर्मनीको जहाज लुत्जोलाई लक्षित गरी खसाइएको थियो । साढे ५ हजार किलोको यो बमभित्र २ हजार ४ सय किलो विष्फोटक भरिएको थियो । ८ औं कोस्टल डिफेन्स फ्लोटिलाका प्रवक्ता सेकेण्ड लेफ्टिनेन्ट ग्रेजगोरज लेवान्डोस्कीका अनुसार यो वस्तुलाई कुनै पनि किसिमको खतरा मान्न सकिँदैन किनकि विष्फोटको समयमा सबै गोताखोर खतराको क्षेत्रबाट बाहिर थिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो