शक्तिपीठ र मन्दिरमा निषेधाज्ञा

डिसी नेपाल
३० असोज २०७७ २३:२७

सप्तरी। महत्वपूर्ण चाड दशैं नजिकिएसँगै कोभिड–१९ संक्रमणलाई दृष्ट्रिगत गरी जिल्ला सुरक्षा समिति, सप्तरीले जिल्लाको शक्तिपिठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

समितिको शुक्रबारको बैठकले शुक्रबार राति ११ बजेदेखि आगामी मङ्सिर ७ गते राति ११ः३० बजे सम्मका लागि निषेधाज्ञाको अवधि कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्वा जारी सूचनामा मन्दिरका तर्फबाट गरिने नित्य पूजापाठ बाहेकका अन्य सम्पूर्ण कार्य/गतिविधि हुन/गर्न निषेध गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *