नेपाल–भारत उडान अनिश्चित

डिसी नेपाल
१ कार्तिक २०७७ ८:३१
92
Shares

काठमाडौं। कात्तिक १ गतेबाट नेपाल–भारत उडान सुरु गर्ने भनिए पनि अझै टुंगो लाग्न सकेको छैन। कोरोना महामारीबीच गत चैत ११ गतेबाट बन्द रहेको नेपाल–भारत उडान सञ्चालन गर्न गत साता नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको थियो। त्यसपछि कात्तिक १ गतेबाट नै उडान सुरु गर्ने तयारी भइरहेको भए पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति नदिएसम्म उडान पुनः सञ्चालन नहुने देखिन्छ।

कोरोना महामारीबीच गत भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो। नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि साबिकको समयमा नेपाल उडान भर्दै आएका सबै विमान कम्पनीले आफ्नो नियमित सेवा सुरु गरेका छैनन्। कुल ३० वायुसेवा कम्पनीले नेपाल उडान भर्दै आएकोमा हाल १२ कम्पनीले मात्र नेपाल उडान भर्दै आएका छन्।

नेपाल सरकारले सार्वजनिक गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै दैनिक करिब आठ सय यात्रु ल्याउन पाउने गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको छ।

कोरोना महामारी बढी भएको र कोरोना जाँच सहज नभएका गन्तव्यमा नेपाल सरकारले उडान अनुमति दिएको छैन। यसैबीच छिमेकी मुलुक भारतले नेपाल उडानका लागि अनुमति मागेको हो। भारततर्फको नियमित उडान सञ्चालन भइनसकेको भए पनि चार्टर्ड उडान भने हुँदै आएका छन्।

नेपाल–भारत उडान सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भए पनि सरकारले उडान अनुमति नदिएसम्म उडान हुन नसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *