नेपाल टेलिकम हुम्लामा भिस्याट जडान
सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ। जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ । सेवा आजदेखि सञ्चालनमा आएको छ।
हिउँदमा हुम्लीले टेलिफोन सेवाबाट समस्या झेल्नुपरेकाले टेलिकमले सो सेवा जडान गरेको नेपाल टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार टेलिकमको रेडियो लिंकले काम नगरेका समयमा अन्य कम्पनीबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो।
बेलाबेलामा नमस्तेको नेटवर्कले काम नगर्ने भएपछि अन्य वैकल्पिक सेवाका लागि भिस्याट सेवा जडान गरिएको हो । केही दिनअअघि मात्रै सर्केगाड गाउँपालिका वडा नं २ रिप र सिमकोट गाउँपालिका वडा नं ७ को धारापोरीको बिग्रिएको टावर मर्मत गर्न प्राविधिक टोली काठमाडौँबाट सिमकोट पुगेको थियो। विगत वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा एक हप्तादेखि एक महिनासम्म यहाँका नागरिक सञ्चारसेवाबाट वञ्चित थिए।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment