बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ प्रतिशत सङ्क्रमणमुक्त

डिसी नेपाल
१ कार्तिक २०७७ १८:४२

ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७८.०५ व्यक्ति सङ्क्रमणमुक्त भएको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मुश्लिम बहुल यो मुलुकमा सङ्क्रमित १.४६ प्रतिशत व्यक्तिको मृत्यु भएको छ ।

महानिर्देशनालयका अनुसार विगत २४ घण्टामा एक हजार २०९ थप व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

शनिबारसम्म कूल तीन लाख ८७ हजार २९५ सङ्क्रमित भएका छन् भने पाँच हजार ६४६ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ हजार ५७३ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ व्यक्तिको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *