न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिकाको दलको विशाल जित

डिसी नेपाल
१ कार्तिक २०७७ १८:४५

क्राइस्टचर्च (एजेन्सी)। न्यूजील्याण्डमा भएको आम निर्वाचनमा त्यहाँकी प्रधानमन्त्री जेसिका अनर्डर्नले विशाल जित हात पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। समाचारअनुसार मतगणना अन्तिमतिर पुग्दा उनको लेवर पार्टीले ४९ प्रतिशतभन्दा धेरे मत प्राप्त गरिसकेको छ। जेसिकाले दुर्लभ बहुमत प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।

विपक्षी मध्य पन्थी दल नेशनल पार्टीले २७ प्रतिशत मत प्राप्त गरेको र उसले आफ्नो हाल स्वीकार गरिसकेको बताइएको छ।
न्यूजील्याण्डको चुनाव प्रणालीका कारण १९९६ देखि हालसम्म कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको छैन। तर, यो पटक जेसिकाले ऐतहासिक बहुमत प्राप्त गर्न सकिने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

१२० सदस्यी न्यूजील्याण्डको संसदमा बहुमत ल्याउन कम्तिमा ६१ सिट जित्नुपर्छ। जेसिकाको दलले कम्तिमा ६४ सिट जित्ने अनुमान गरिएको छ। न्यूजील्याण्डमा दल र उम्मेदवार दुबैलाई मतदान गर्नुपर्छ। कुनै पनि दल संसदमा प्रवेश गर्न कम्तिमा ५ प्रतिशत मत ल्याउनुपर्छ वा संसदीय सिटमा जित हात पार्नुपर्छ।

न्यूजील्याण्डमा हरेक तीन वर्षमा आम निर्वाचन हुन्छ। २०१७ को निर्वाचनमा दोस्रो दल बनेको लेवर पार्टीले अन्य दलहरुसँग गठबन्धन गरेपछि जेसिका प्रधानन्त्री बनेकी थिइन्। यो पटक चुनावमा जितपछि बोल्दै जेसिकाले हरेक मानिसका लागि काम गर्ने भन्दै कुने पनि मतदातालाई सामान्य रुपमा नलिइने बताएकी छन्। स्मरण रहोस कोरोना भाइरसले विश्वभर कहर मच्चाईरहँदा न्यूजील्याण्डमा भने तुलनात्मक रुपमा त्यति प्रभावित भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *