सहुलियत दरमा चिनी र नुन बिक्री

डिसी नेपाल
३ कार्तिक २०७७ ९:४५

लहान । विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री बितरण शुरु गरेको छ ।

साल्ट्र ट्रेडिङ्ग कार्पोरेशनले चिनी प्रतिकिलो रु. ७० र नुन प्रतिकिलो रु. १८ मा बिक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिए ।

गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल आउँदो मङ्सिर ६ गतेसम्म नियमित रुपमा खुल्नेछ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *