चीनले अमेरिकी नागरिकहरुलाई हिरासतमा लिने चेतावनी दियो

डिसी नेपाल
३ कार्तिक २०७७ १२:४८

काठमाडौं। चीनले आफ्नो देशमा रहेका अमेरिकी नागरिकहरुलाई हिरासतमा लिन सक्ने चेतावनी दिएको छ । अमेरिकाको न्याय विभागले चिनियाँ सेनासंग जोडिएका विद्वानहरुविरुद्ध मुद्दा चलाएको जवाफमा आफ्नो देशमा रहेका अमेरिकीहरुलाई हिरासतमा लिने चेतावनी दिएको हो । वाल स्ट्रिट जर्नलले यस विषयमा जानकारहरुको हवाला दिँदै चीन सरकारले अमेरिकालाई कैयौं माध्यमबाट यो चेतावनी दिएको हो ।

वाल स्ट्रिट जर्नलका अनुसार चीनले अमेरिकालाई अमेरिकी अदालतमा चिनियाँहरुमाथि मुद्दा चलाउन बन्द गर्नुपर्ने अन्यथा चीनमा रहेका अमेरिकीहरुमाथि चिनियाँ कानुनको उल्लंघनको मुद्दा चलाइने सन्देश पठाएको छ । ह्वाइट हाउसले यो विषय विदेश विभागमा पठाएको छ । विभागले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

न्याय विभागले पनि यस विषयमा सोधिएका प्रश्नको कुनै जवाफ दिएको छेन । वाशिङटनस्थित चिनियाँ दूतावासमा पनि यस विषयमा सोधिँदा कुनै टिप्पणी गरिएको छेन । अमेरिकी विदेश विभागले १४ सेप्टेम्बरमा एडभाइजरी जारी गरेर अमेरिकीहरुलाई चीनको यात्रा नगर्न सल्लाह दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *