निको नहुने रोगबाट ग्रसित १२ वर्षसम्मका बालबालिकालाई मार्न सरकारको अनुमति

डिसी नेपाल
३ कार्तिक २०७७ १४:२४

काठमाडौं। उपचार नहुने रोगबाट ग्रसित केही बालबालिकाहरुलाई मार्नको लागि नेदरल्याण्ड सरकारले अनुमति दिएपछि चिकित्सा क्षेत्रमा गम्भीर बहसको सृजना भएको छ । अहिले नेदरल्याण्डमा केही यस्ता बालबालिकाहरु छन् जो उपचार नहुने रोगबाट ग्रसित छन् । ती बालबालिकाका परिवारले आफ्ना सन्तानको यो कष्ट सहन नसकेर उनीहरुको जीवन अन्त्य गर्ने अनुमति मागिरहेका थिए । अहिले सरकारले त्यस्तो अनुमति दिएको हो । डच सरकारको यो अनुमतिसँगै चिकित्सा क्षेत्रमा यसरी बालबालिकालाई मृत्यु दिने तरिकाबारे बहस सुरु भएको छ ।

नेदरल्याण्ड सरकार पहिलेदेखि नै यदि कसैलाई उपचार नै नभएको रोग लाग्यो र यो रोगबाट निकै कष्ट भयो भने यस्तो अवस्थामा डाक्टरको सहयोग लिएर बिरामीलाई मृत्यु दिने पक्षमा थियो । अब बिरामीको परिवारको सहमतिमा डाक्टरको सहयोगमा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई मृत्यु दिन सकिनेछ । यसो गर्नाले परिवारको कष्ट कम गर्न सकिने तर्क दिइएको छ । यो निर्णयका विषयमा डच स्वास्थ्यमन्त्री डी जोंगले संसदलाई एक पत्र लेखेका छन् ।

पत्रमा उनले देशमा उपचार नभएको रोगबाट ग्रसित एक १२ वर्षका बालकलाई उनको परिवारको यच्छाअनुसार मृत्यु दिनको लागि कानुनमा संशोधनको प्रस्ताव गरेका छन् । कानुन संशोधनको लागि यस्ता बिरामीको परिवार भावनात्मक, आर्थिक र मानसिक कष्टमा रहेको तर्क दिइएको छ । मृत्यु दिनको लागि माता पिताको अनुमति अनिवार्य हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *