महिलासँग हात मिलाउन नमान्दा हातमा आइसकेको युरोपको नागरिकता खुस्कियो !

डिसी नेपाल
३ कार्तिक २०७७ १४:४९

काठमाडौं। जर्मनीको नागरिकताको लागि आवेदन दिएका एक व्यक्तिलाई जर्मनी सरकारले नागरिकता दिने निर्णय गरिसकेको थियो । उनको नागरिकता बनेर उनको हातमा आइसकेको थियो । तर, उनले आफूलाई नागरिकता हस्तान्तरण गर्ने महिला सरकारी अधिकारीसँग हात मिलाउन अस्वीकार गरे । यही कारण अन्ततः हातमा आइसकेको उनको नागरिकता अन्ततः रद्द भयो । जर्मनीका अधिकारिहरुले उनलाई नागरिकता नदिने निर्णय गरे । ५ वर्षपछि जर्मनीको एक अदालतले पनि उनलाई नागरिकता नदिने अधिकारीहरुको निर्णयलाई सही ठहर गरेको छ ।

डेलीमेलको रिपोर्टअनुसार जर्मनीको नागरिकताबाट बञ्चित हुने ती व्यक्ति लेबनानका नागरिक हुन् । यी मुस्लिम लेबनानी सन् २००२ मा जर्मनी गएका थिए । उनी जर्मनी गएर त्यहीँ बसेर पढे र डाक्टर भए । पछि उनले सबै प्रक्रिया पुर्याएर जर्मनीको नागरिकताको लागि आवेदन दिए । जर्मनीको लागरिकता लिनको लागि दिनुपर्ने परीक्षामा पनि उनले सबैभन्दा धेरै अंक ल्याएका थिए । जर्मनीमा बस्न थालेको सन् २००१५ मा उनलाई एक कार्यक्रममा नागरिकता दिइयो । तर, उनले नागरिकता दिने अधिकारीसँग हात मिलाउन मानेनन् जसका कारण उनलाई नागरिकता नदिने निर्णय गरिएको थियो ।

अदालतले ती व्यक्तिले महिला अधिकारीसँग हात मिलाउन नमान्नुलाई उनको रुढीवादी सोच मानेको छ । अदालतले आफ्नो फैसलामा हात मिलाउनु लामो समयदेखि अभिवादनको तरिका भएको बताएको छ । न्यायाधशिले फैसलामा जर्मनीको नागरिकता पाउन चाहने व्यक्ति जर्मनीको संविधानको मूल्य र मान्यताअनुसार बाँचिरहेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने भन्दै संविधानमा लंैगिक समानताको कुरा उल्लेख भएको र यी व्यक्तिले महिलासँग हात मिलाउन नमानेर संविधानको त्यो व्यवस्थाको उल्लंघन गरेको ठहर गरेको छ । ती लेबनानी व्यक्तिले भने आफूले आफ्नी श्रीमतीसँग उनीबाहेक अन्य महिलालाई नछुने बाचा गरेकोले आफूले हात मिलाउन नमानेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *