लद्दाखमा भारतीय सीमा क्षेत्रभित्र भेटिए चिनियाँ सैनिक

डिसी नेपाल
३ कार्तिक २०७७ १५:१७

काठमाडौं। भारतीय सेनाले चीनसँगको सीमा क्षेत्र लद्दाखमा आफ्नो सीमा षेत्रभित्र चुमार डेमचोक इलाकामा एक जना चिनियाँ सैनिकलाई पक्राउ गरेको छ । सूत्रले समाचार एजेन्सीलाई बताएअनुसार ती चिनियाँ सैनिक झुक्किएर भारतीय सीमा क्षेत्रभित्र आएका थिए । यी सैनिकलाई अब निर्धारित प्रोटोकल अनुसार भिनियाँ सेनालाई सुम्पिइनेछ ।

अहिले सीमा षेत्रमा भारत र चीनबीच तनाव छ । अघिल्ला वर्षका चिसाने मौसममा सीमा क्षेत्रबाट सेना केही तल झरेर बस्ने भए पनि तनावका कारण यस वर्ष सेना सीमामै रहने भएका छन् । यसका लागि भारतीय सेनाले तयारी सुरु गरिसकेको बताइएको छ । भारतीय सेनाले उच्च क्षेत्रमा बस्ने सैनिकका लागि आवश्यक सामान अमेरिकासँग किनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *