बंगलादेशभन्दा गरिब भयो भारत, प्रतिव्यक्ति उत्पादन बंगलादेशको भन्दा ११ डलर कम

डिसी नेपाल
५ कार्तिक २०७७ १२:४२

काठमाडौं। दक्षिण एसियामा आफूलाई शक्तिशाली ठान्ने भारत अन्ततः बंगलादेशभन्दा पनि गरिब भएको छ । सन् १९७१ मा स्थापना हुँदा विश्वकै सबैभन्दा गरिबमध्येको एक देश बंगलादेशले अहिले भारतलाई उछिनेको छ । २०१९ मा बंगलादेशको वास्तविक आर्थिक वृद्धिदरले ८ प्रतिशतलाई नाघेको छ । २०२० र २०२१ मा पनि उसको आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको छ । यससँगै बंगलादेशको प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन १८८८ डलर पुगेको छ र ऊ भारतभन्दा ठिक एक स्थान माथि पुगेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षण रिपोर्टले बंगलादेशको प्रतिव्यक्ति उत्पादकत्व भारतको भन्दा ११.४५ डलरले बढी भएको देखाएको छ । यससँगै भारतीय मिडियाहरुमा तरंग आएको छ । फरेन पोलिसीका अनुसार केही भारतीय मिडियाले यो रिपोर्टलाई उपेक्षापूर्ण ढंगले उठाएका छन्, केही आरोप प्रत्यारोपमा उत्रिएका छन् भने केहीले यो रिपोर्टलाई नै अस्वीकार गर्नेसम्मको नीति लिएका छन् । बंगलादेशी मिडियामा यसको कभरेज सन्तुलित छ । चीनले भने यसलाई भारत सरकारले छिमेकीसँगको सम्बन्ध सुधारमा गरेको बेवास्ताको परिणाम भनेको छ ।

फरेन पोलिसीमा एक लेख लेख्दै अमेरिकी समाजशास्त्री साल्वाटोर बेबोन्सले भारतले करोडौंलाई लाभ हुने गरी आर्थिक वृद्धिका कार्यक्रम ल्याउनुको सट्टा करोडपतिलाई लाभ हुने नीति लिएका कारण भारतको स्थिति यति दयनीय भएको टिप्पणी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *