९ सदस्यीय टोलीको नेतृत्व गर्दै भारतीय गुप्तचर संस्था रअ प्रमुख काठमाडौंमा

डिसी नेपाल
५ कार्तिक २०७७ १६:४१
168
Shares

काठमाडौं। नेपाल र भारतबीच कूटनीतिक मौनता चलिरहेका बेला काठमाडौंमा भातीय गुप्तर एजेन्सीका अधिकारीहरुको आगमन भएको छ। बुधबार भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएको सुरक्षा स्रोतले जनाएको छ। स्रोतका अनुसार बुधबार दिउँसो त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ९ जना भारतीय गुप्तचर एजेन्सीका अधिकारीहरु काठमाडौं आएका छन्। टोलीको नेतृत्व रअ प्रमुख गोयलले गरेको जनाइएको छ।

उनीहरु काठमाडौंमा के के गरिरहेका छन् भन्नेबारे भने केही खुल्न सकेको छैन। रअ प्रमुख काठमाडौं आउनुको प्रयोजन पनि खुल्न सकेको छैन। तर, उच्च गुप्तचर अधिकारी काठमाडौंमा सक्रिय हुनुले नेपाल र भारतबीचको सम्बन्धमा केही घटनाक्रम विकास हुने अनुमान गरिएको छ।

आगामी नोभेम्बरको पहिलो साता भारतीय थलसेना प्रमुख एमएम नरवणे पनि नेपाल आउँदैछन्। त्यसअघि गुप्तचर प्रमुखको नेपाल आगमन भएको हो। सीमा विवादका कारण हाल नेपाल र भारतबीचको सम्बन्धमा ऐतिहासिक रुपमै कमजोर बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *